वीरगञ्ज : प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो ४ महिनाको तलबबाट वीरगञ्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री दिने घोषणा गरेकी छन् ।

प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य यादवले आफ्नो ४ महिनाको तलब २ लाख रुपैयाँ बराबरको सेमी भेन्टिीलेटर (सीप्याप मेसिन) १ थान, अक्सिजन नेसल पाइप, अक्सिजन रेगुलेटर र गर्भवती महिलाका लागि फेटल ड्रपलर अस्पताललाई उपलब्ध गराउने घोषणा गरेकी हुन् । कोरोना भाइरसको उच्च संक्रमणका कारण उच्च जोखिममा रहेको वीरगञ्जमा उपचारका लागि उपयोगी मानिएका उपकरण खरिद गरेर दिने डा. यादवको घोषणाको सबैले सह्राना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै डा. यादवले ४ महिनाको तलब २ लाख रुपैयाबराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेकी हुन् । कोरोना कहरको जटिल परिस्थितीबाट गुज्रिरहेको पर्सा जिल्लामा आफ्नो सेवासुविधाबाट अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने यादव पहिलो प्रदेश सभा सदस्य बनेकी छिन् ।

प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरु महामारीदेखि डराएर मौन बसेको बेलामा समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी डा. यादवको सहयोग अनुकरणीय रहेको सामाजिक अभियानता ओमप्रकाश सर्राफको भनाई छ ।

२०७८ जेष्ठ ४, मंगलवार ०६:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय