जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या साढे ११ सय पुगेको छ । शुक्रबार भएको सीआईसीको बैठकले पालिकामा सक्रिय संक्रमितको संख्या साढे ११ सय पुगेको जनाएको हो । पालिकाको स्वास्थ्य अवस्था बारे नगर प्रमुख लालकिसोर साहलाई स्वास्थ्य निरीक्षक अभयकुमार सिंहले जानकारी गराएका छन् । स्वास्थ्य निरीक्षक सिंहका अनुसार पालिकामा शुक्रबार ९१ जना संक्रमित थपिएको छ भने ७६ जना निको भएर घर फर्किसकेका छन् ।

बैशाख १७ गतेदेखि जेठ ५ गते सम्मको विवरण अनुसार १५ सय ६९ जना संक्रमित भएका छन् भने ३ सय ६५ जना निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट पालिकामा सबै भन्दा बढी वडा नम्बर ४ प्रभावित भएको देखिएको छ । वडा नम्बर ४ मा दुईसय ९६ जना, ८ मा एक सय ५९, १ मा एक सय ४०, ७ मा एक सय २४, २ मा एकसय १७ र ९ मा एक ९ जना संक्रमित रहेको स्वास्थ्य निरीक्षक सिंहले जानकारी दिए ।

पालिकामा कन्ट्याक्ट ट्रेसिङका लागि १६ सय २४ जनाले इच्छा देखाएका थिए । जसमध्ये आठ सय ६ जनाको कोरोना परीक्षण गराएको थियो । कोरोना परीक्षण गराएको मध्ये एक सय ४८ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये ९२ प्रतिशत अथार्त १४ सय ४३ जना होम आइसोलेसनमा रहेको छ भने ८९ जना विभिन्न अस्पतालमा भर्ना भएका छन् ।

नगर प्रमुख लालकिसोर साहले उपचार र संक्रमितको सेवामा कुनै कमी नराख्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । पाकिलाले सञ्चालन गरेको आइसोलेसन बारे उल्लेख गर्दै कुनै प्रकारको कमी हुन नदिन उनले आग्रह पनि गरेका छन् । संक्रमितको उपचारमा आवश्यक समानहरु तुरुन्त खरिद गरी चिकित्सकलाई दिनसमेत उनले प्रमुख प्रशासकिय अधिकृतको ध्यानकष्णर् गराएको हो । अक्सिजन, औषधी र खानाको व्यवस्थापनमा जोड दिन भन्दै सफाई कर्मचारीलाई पनि गमिभर भएर परिचालन गर्न सुझाएका छन् । पालिकामा अक्सिजन मापन गर्ने मसिन खरिद गर्न चिकित्सकहरुले नगर प्रमुख साहलाई सुझाएका छन ।

२०७८ जेष्ठ ८, शनिबार ०६:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय