जनकपुरधाम : सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै जनकपुरधाममा ५ जना नेताहरुको पुत्ला जलाइएको छ ।

नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघको अगुवाईमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला जलाइएको हो ।

ति नेताहरुलाई मधेशी विरोधीको संज्ञा दिदैँ पुत्ला दहन गरिएको युवा संघ धनुषाका सदस्य सुजित यादवले जानकारी दिए । उनले कांग्रेस, माओवादी र जसपा नागरिकता अध्यादेशको विरोधमा रहेकाले ति नेताहरुको पुत्ला जलाइएको बताए ।

यादवले तराईको समस्या हल गर्ने गरी आएको नागरिकता अध्यादेशबाट स्थानीयवासीमा उल्लास छाएको दाबी समेत गरे । स्थानीयको उल्लासमा ग्रहण लाग्ने गरी उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड र माधवले विरोध गरेकाले उनीहरु विरुद्ध प्रदर्शन गरिएको हो ।

यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा सोमबार पनि जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईको पुत्ला जलाइएको थियो ।

 

२०७८ जेष्ठ ११, मंगलवार २१:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय