जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) नेपाल, धनुषाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ताहरूले मंगलबार दिउँसो जनकपुरको रामचोकमा असंवैधानिक कदमको विरोध गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतलादहन गरेका हुन् । जसपा धनुषाले पार्टीको केन्द्रिय कार्यालयको निर्देशन अनुसार कार्याकर्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई  ओलीको पुतलादहन गरेका हुन् । जसपा धनुषाले पार्टीको केन्द्रिय कार्यालयको निर्देशन अनुसार कार्याकर्ताहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै आफूखुसी अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको तथा संविधान र लोकतन्त्रणको मर्म विपरित काम गरेको भन्दै पुतला दहन गरिएको जसपा उपेन्द्र यादव समुहका नेता शेषनारायण यादवले बताए ।

निषेधाज्ञामा प्रहरीलाई छल्दै उनीहरुले जनकपुरको रामचोकमा पुतला दहन गरेका हुन् । यसअघि जसपा जनकपुर नगर कमिटीका अध्यक्ष विष्णुदेव साहको अगुवाईमा कार्यकर्ताहरुल राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए । नाराबाजी गर्दै रामचोकमा उनीहरुले पुतला दहन गरेका थिए । नेता यादवका अनुसार धनुषाका १८ वटै स्थानीय तहमा समेत राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन कार्यक्रम थियो । उनले बुधवार साँझ मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको बताए ।

२०७८ जेष्ठ १९, बुधबार ०९:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय