Surendra-singh-Bardibas-Mahottari

महोत्तरी : महोत्तरीमा फेरी निषेधाज्ञाको समय बढाउने निर्णय गरिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा १० दिन थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

महोत्तरीमा गत वैशाख २२ गतेदेखि नै निषेधाज्ञा जारी छ । अझै कति दिनसम्म निषेधाज्ञा जारी रहने ग्यारेन्टी छैन । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने सरकारी अधिकारी बताउँछन् ।

निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने छन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजे देखि ७ बजेसम्म खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ ।

वैवाहिक कार्यक्रममा भने डिजे तथा ब्याण्ड बाजालाई बजाउनमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ जनामा सीमित गर्ने निर्णय गरिएको छ ।

२०७८ जेष्ठ १९, बुधबार १९:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय