सर्लाही : सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको सहजिकरणमा गौडेता नगरपालिकाका  १२ वटा वडाहरुका २०३९ बालबालिकाहरुलाई म्याजिक झोला वितरण गरिएको छ ।

म्याजिक झोला भित्र विभिन्न १० किसिमका खेल तथा सिकाई सामाग्रीहरु (अक्षर पत्ति, स्लेट र चक, अंक गोटि, बल, बस्तुहरु छनोट गर्ने भाडो, रंगिन कार्डहरु, विभिन्न रंगका काउन्टरहरु, मैन कलर, सर्प सिढि र लुडो डाइस, पेन्सिल, इरेजर र सार्पनर ) तथा विभिन्न १० प्रकारका मैथली र नेपाली भाषमा लेखिएका बालकथाका पुस्तकहरु राखिएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका परियोजना संयोजक दिलीप यादबले जानकारी गराए ।

संयोजक यादबले हाल कोरोना भाइरसद्धारा सिर्जित विषम परिस्थितिमा बालबालिकाहरुको पठनपाठन र सिकाईमा पर्न गएको प्रतिकुल असरलाई कम गर्दै उनीहरुको सिकाई र पढाईलाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागि अभिभावकहरुको सक्रिय सहयोग अपरिहार्य रहन्छ भन्ने कुरा मनन गर्दै, घरमै बालबालिकाहरुको सिकाई वातावरण तयार गर्नको लागि म्याजिक झोला वितरण गरेको जानकारी गराए ।

साथै राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले बालबालिकाहरुको पठनपाठन र सिकाईलाई मध्य नजर गर्दै रेडियो मलंगवाद्धारा प्रत्येक दिन “घरमा आधारित प्रारम्भिक साक्षरता तथा गणितिय सिप बिकास कार्यक्रम” र “रमाउदै सिकादै कार्यक्रम” प्रशारण गरिरहेको छ ।

२०७८ जेष्ठ २१, शुक्रबार ०७:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय