
जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर-राजेन्द्र महतो समुह प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा गएपछि पार्टी भित्र थप कमजोर बनेको छ ।
मन्त्रीमा ‘ चान्स ‘ नपाएका कार्यकारिणी समिति सदस्य समेत रहेका पूर्व राजपा अध्यक्ष मण्डलका सदस्य राजकिसोर यादवले मन्त्रीमण्डल ठिकै रहेको प्रतिकृया दिए ।
‘ १० दिने मन्त्रीमण्डलमा सहभागि हुनुको कुनै तुक छैन्’ उनले भने, सरकार नै रहने अवस्था छैन् । सरकारमा सहभागि नगराइएका कार्यकारिणी सदस्य यादवले ठाकुर-महतो खेमा साथ छाडेका छन् ।
उनलाई ठाकुर-महतो समुहले मन्त्री बनाउन अस्वीकार गरेकाले अब सोझै अध्यक्ष उपेन्द्र यादवको खेमामा लागेका छन् । कार्यकारिणी समितिमा यादव समुहको बहुमत अब दुई तिहाई पुग्ने छ ।
यादवले ठाकुर-महतोलाई पछिल्लो समयमा साथदिदै आएका थिए । तत्कालिन संघिय संसदको बहुमत ठाकुर-महतो पक्षमा पुर्याउन यादवलेपनि महत्वपूर्ण भूमिका खेलेका थिए ।