बर्दिबास : चुरे क्षेत्रको जैविक विविधता संरक्षणको आवश्यकता यस क्षेत्र वरिपरिका बाक्लो बस्तिमा बसोबास गरिरहेका बिपन्न तथा असुरक्षित परिवारको जीविकोपार्जनसँग जोडिएको हुँदा चुरे क्षेत्रको संरक्षणको आवश्यकता रक्त संचारझै रहेको चुरे संरक्षणविद् र सामुदायिक विकास तथा पैरवी मन्च नेपालल सीडीएफÞएनका अध्यक्ष नागदेव यादवले बताएका छन् ।महोत्तरीको बर्दिबास स्थित श्री राष्ट्रिय सरस्वती माध्यमिक विद्यालयमा विश्व वातावरण दिवसका अवसरमा शनिवार गरिएको बृक्ष रोपन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यादवले सो कुरा बताएका हुन ।
सामुदायिक विकास तथा पैरवी मन्च नेपालले लिरिक परियोजना अन्र्तगत बर्दिवास नगरपालिका र श्री राष्ट्रिय सरस्वती माध्यमिक विद्यालय बर्दिवास ३ संग सहकार्य गरी विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिसरमा २०० भन्दा बढी वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ ।

संस्थाले स्थानीय पहलमा जलवायु परिवर्तनको प्रभाव घटाउन लिरीक परीयोजना युरोपियन युनियन र अस्ट्रिया विकास एजेन्सीको संयुक्त लगानीमा र आडरा नेपालसंग सहकार्य गर्दै आएको छ । यसका साथै समुदायमा आधारित समूहहरूको क्षमता निर्माण र परिचालनको माध्यमबाट गरिब तथा कमजोर समुदायमा हुने मौसम परिवर्तनका असरहरूको लागि लचिलोपना बढाउदै लैजानु यस परियोजनको मुख्य उद्देश्य रहेको छ ।
यस आयोजनाले पानी सम्बन्धी पूर्वाधारहरुको निर्माण र नवीकरणमा ध्यान केन्द्रित गर्दै स्थानीय समूह गठन गरेर जलवायु परिवर्तन प्रति समुदाय स्तरको जनचेतना जगाउन अहम् भुमिका खेल्दै आएको छ ।
सरकारको क्षमतालाई सुदृढ पार्न जलवायु परिवर्तन सम्बन्धी मुद्दाहरूलाई समेत परीयोजनाले प्राथमिकताका साथ अगाडि बढाईरहेको छ ।
बृक्षरोपन कार्यक्रमलाई सम्बोधन गार्दै बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्कीले नगरपालिकाको वार्षिक योजनामा वातावरणीय स्रोतको संरक्षण र पुनःस्थापनामा योगदान पु¥याउने हस्तक्षेपलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी मौसम परिवर्तन विज्ञ र रूपांतरनका कार्यक्रम निर्देशक श्री सोहनलाल श्रेष्ठले कोभिड १९ सँग संघर्ष गरिरहेको बेलामा पनि पर्यावरण दिवस मनाएकोमा गर्व गर्दै भने यो वृक्षारोपण सानो देखिन्छ तर यसले पारिस्थितिकी प्रणाली सेवाहरुमा प्रभाव पार्न महत्वपुर्ण भुमिका खेल्नेछ उनले वातावरणीय संरक्षण सम्बन्धी जनचेतना र विद्यालय परिसरको सुन्दरतामा जोड दिने कुरामा बिश्वास ब्यक्त गरे ।
कार्यक्रमको समापनको क्रममा सबै सहभागीहरूले वातावरणीय घटकको जीर्णोद्धार र जलवायु परिवर्तनको असर घटाउने प्रति आ — आफ्नो प्रतिबद्धता जनाए


