जनकपुरधाम : प्रदेश २ का १ मन्त्री र ३ राज्यमन्त्री हटाइएका छन ।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट हटाइएको हो ।

ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि प्रदेश २ को सरकार परिवर्तन हुने चर्चा चलेको थियो ।

उपेन्द्र यादव पक्षले आज मात्र प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत लाई चयन गरेको छ ।

एता ठाकुर पक्षका नेताहरुले भने निर्णयको समाजिक सञ्जालमा स्वागत गरेको छ ।

सो पक्षका एक नेताले भने, ‘ आज बिहानै राजिनामा दिने मनशाय थियो तर खेलाको सुरुवात उतैबाट होस भन्ने उद्देश्यले राकियौं ।’


२०७८ जेष्ठ २३, आईतवार २२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय