रौतहट : स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित प्रहरीले रौटहटबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ ल्याउदै गरेको रकमसहित बुधबार बिहान रौतहटको रामपुरखापस्थित नेपाल भारत सीमाबाट दुईजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहतका प्रमुख एसपी सिद्दी बिक्रम शाहका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवार रहेका छन् ।

अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

२०७८ जेष्ठ २६, बुधबार १७:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय