आदित्य महतो

  • कोरोना संक्रमित घटियो कि सरकारले घटायो ?
  • चुनाव आउँदा अथवा कर लिने वेला हुँदा कोरोना आफै घटदो रैछ !

नेपालमा हालै कोविडले देश र जन्ताको अवस्था भयावह भएको थियो । अस्पतालमा कोविड संक्रमित बिरामीको लामो लाइन हुन्थ्यो । कोविड संक्रमित बिरामीहरु अस्पतालमा बेद नपाएर छतपताएर मृत्यु सामु पुगे । केही दिन अघि सम्म देशभरी अकसिज्न नपाएर थुप्रै कोविड संक्रमितहरुले ज्यान गुमाए, सरकार र स्वास्थ मन्त्रालयले समेत अब हामी सक्दैनौं आफ्नो ज्यानको सुरक्षा आफै गर्नुहोस भनेर प्रेस विग्यप्ती नै निकालेको हामी सामु नै छ, तर असाद आउने वितिकै एस्तो भयावह अवस्था कसरी नियन्त्रणमा आयो सोचेर खुशी हुनु कि दुखी ?

“ स्वास्थ मन्त्रालयले २०७८ बैशाख १७ गते विग्यप्ती निकाल्दै भने – देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेश विज्ञप्तीमा जनाएको छ । “

गाउँ – गाउँमा संक्रमण भयावह हुँदै गर्दा चारै तिर सिल गरिएको थियो । हालै पाल्पा — निस्दी गाउँपालिका–४, मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र जेठ २९ गतेसम्मका लागि सिल छ । बाक्लो बस्ती रहेको रुक्सेभन्ज्याङमा समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढेपछि पूर्ण सिल गरिएको हो । त्यसै गरि उपत्यकाका विभिन्न छेत्र हट स्पोतमा आउछ । उपत्यका लगायत तराईका अधिकान्स ठाँउ आइले सिल भएको अवस्था छ । मृत्यु संख्या घतिरहिको छैन ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अनुसार गाउँको एउटा वडामा ३९ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिन्छ । ‘समुदायमा यति धेरैको पोजेटिभ रिपोर्ट आउला भन्ने थिएन,’ स्वास्थ्य शाखा प्रमुखले भने, ‘ग्रामीण बजारमा यसरी फैलिएपछि समस्या नै देखियो ।’ अहिले गाउँपालिका हरुको एउटै टोलका ४७(५० जना कोरोना पोजेटिभ देखा पर्छ ।

कोविड संक्रमित बददै गर्दा देशको स्थिति गम्भीर भैसकेको छ, तर सरकारको र राजनीति कर्मीहरुको भने चिन्ताको विषय कोविड नभई अन्तौ रहेछ । यसतो माहामरीको वेला जनताको साथ दिनु सातो सरकार र विपक्षी भने सत्ता मोह र संविधान विरुद्ध र देशको संविधान लत्याउने तिर धेरै आकर्षित देखिन्छन् ।

यस्तो माहामारीको वेला पनि सत्ताको कस्तो मोह रु जनता मर्दै गर्दा जनता बचाउनु भन्दा कुर्सी प्यारो भाको हाम्रो नेताहरु लाइ।

जनताको ज्यानको मतलव नभएको सरकारलाई कर लिन फेरि एक्दम हतार । सरकारले जन्ता प्रती केही दाइत्व नदेखाएको प्रस्त देखिन्छ, सरकारले कोविड जाँच घताएर अनि कोविड संक्रमित घत्यो भन्नू र कर उथाउनलाई लकडाउन खोल्नु कतिको उचित ? सरकारले कोविड जाँच घताएर अनि कोविड संक्रमित घत्यो भन्ने रु यस्तो माहामारीको वेला चुनाव गराउनु कतिको उचित ?

सरकार कोविड विरुधको खोपको लागि अरु देशको सहयोगको लागि पर्खिरहेको छ, तर चुनाव गराउन फेरि अर्बौ खर्च गर्न तैयार छन हाम्रो सरकार । आर्थिक वर्ष २०७७/७८ का थुप्रै बजेट कोविडले गर्दा खेर गएको हामी देख्न सक्छम, र यो आर्थिक वर्ष बन्द हुँदैछ र आखिरमा बजेट फ्रीज भएर खेर जान्छ – सरकारले स्वास्थ संकटकाल लगाएर सबै बजेट स्वास्थ छेत्रमा लगाएर ३ करोड नेपाली जन्तालाई पुग्ने खोप किनेर लगाउन सक्छ ।

सरकारलाई जन्ताको र देशको तेस्तै माया भएको भए एति गर्न किन एत्रो समय खेर गरेको, यसमा कुनै पनि पार्टी अथ्वा विपक्षिको बिरोध अथ्वा हस्तछेप हुनेछ जस्तो लाग्दैन मलाई । यो कुरा सरकारमा कार्यरत माननीय प्रधानमन्त्री र स्वास्थ मन्त्री ज्यु लाई थाहा छैन होला जस्तो लाग्दैन मलाई । अब जन्ताको ज्यान कोले बचाउने सरकार ?, जन्ता र देश भन्दा कुर्सी प्यारो हो हजुरलाई । जन्ताको ज्यान बचाइदिनुस सरकार, जनताले हजुरको कुर्सी आफै बचाउने छ ।

नेपाल सरकारले हाथ उठाई सकेको अवस्थामा आम जनसमुदाले आफ्नो जिवन बचाउन आफै सचेत र संबेदनसिल भई मास्कको प्रयोग, भौतिक दुरि कायम र साबुन पानीले हाथ धुने काम गम्भीरतापुर्वक पालन गर्न अत्यन्त जरुरी भई सकेको छ ।

लेखक आदित्य महतो विद्यार्थी हुन् ।


२०७८ जेष्ठ २७, बिहीबार १४:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय