जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) प्रदेश २ को शुक्रवार साँझ भएको संसदीय दलको बैठकमा पूर्व राष्ट्रिय जनता पार्टी(राजपा)का तीन जना सभासद अनुपस्थित भएका छन् ।

महन्थ ठाकुर–राजेन्द्र महतो समुहबाट अलग्गिएर उपेन्द्र यादवको समुहमा हस्ताक्षर गरेका डा.रिना यादव, डा.अञ्जु यादव र रानी शर्मा बैठकमा अनुपस्थित रहेको सहभागि एकजना सभासदले जनाए । मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकमा पूर्व राजपाका नवलकिसोर साह, रामनरेश यादव र नेत्रबिक्रम साह भने सहभागि थिए ।

पूर्व राजपाबाट ६ जना सभासदले यादव पक्षमा हस्ताक्षर गरेका थिए । त्यसमध्ये यादवद्वय र शर्मा अनुपस्थित रहे । शर्मा र डा.अञ्जु यादवलाई राज्यमन्त्री बनाउने आश्वासन दिइएको छ । तर मन्त्रीमण्डल बिस्तारमा उनीहरुलाई समावेश नगरिएपछि पुरानै खेमामा फर्किने धम्की दलको बैठकमा अनुपस्थित भएर दिएका छन् । तर बैठकमा अनुपस्थित रहेपनि पछि डा.रिना यादव पुगेकी थिइन् । ‘मलाई मुख्यमन्त्रीजीले बोलाउनु भएपछि उहाँको निवासमा पुगेकी थिए’ उनले भनिन् ,दलको बैठकमा पुग्न मलाई केहि ढिला भएपनि मेरो समर्थन छ ।

सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट पास गर्न आफूसँग भएको सदस्यहरुको संख्यालाई परीक्षण गर्न दलको बैठक बोलाएको थियो ।त्यसमा तीन जना अनुपस्थित भएपछि व्हिप लगाएर नीति तथा कार्यक्रम र बजेट पारित गर्ने सहमति दलमा भएको भूमी व्यवस्था, कृषी तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए ।

२०७८ जेष्ठ ३०, आईतवार ०८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय