विराटनगर : प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका भित्रको पिच सडकमा ठूला–ठूला भ्वाङ परेको छ ।

कालोपत्रे सम्पन्न भएको एक वर्ष पनि नहुदै विराटनगर–७ गएली मार्ग मोरङ अदालतको पूर्वी गेट अगाडिको सडकमा ठूलो भ्वाङ परेको हो ।

विराटनगरको देवकोटा चोक जोड्ने उक्त सडकको बिचमा शनिबार करिब ७ फिट गोलाइ रहने गरि भ्वाङ परेको स्थानीयले बताएका छन् । दुर्घटना भयो भने भ्वाङ परेको पिच सडक भित्र मान्छे सोझै मुनि छिर्ने रहेको छ । ‘कालोपत्रे भएको ७/८ महिना भएको छ । वर्ष दिन पूरा नुहदा बिच सडकमा भ्वाङ परेको छ,’ स्थानीय नवराज खत्रीले भने, ‘पिच सडकमा भ्वाङ परेपछि दुर्घटना हुनबाट जोगिन सांकेतिक चिन्ह बनाएर बाँस राखिएको छ ।’

विराटनगर महानगरपालिकाभित्र आरयूडिपी परियोजना अन्र्तगत ७६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । सम्पन्न भएको कालोपत्रे सडक हस्तान्तरणको चरणमा रहेको छ । सो परियोजना ३ अर्ब ६१ करोडको हो । उक्त परियोजना अन्तर्गतको ठेक्का आशिष निर्माण सेवाले लिएको छ । वर्ष दिन पनि नहुँदै पिच सडकको बिचमा भ्वाङ परेपछि स्थानीयले ठेक्दार कम्पनीले गुणस्तरहिन सडक बनाएको आरोप लगाएका छन् । एक वर्ष पनि नहँुदै पिच सडक भासिनु र भ्वाङ पर्नुले गुणस्तरहिन काम गरेको प्रमाणित हुन्छ ।

यसअघि पनि विराटनगर १० तीनटोलीयास्थित पिपलचोकमा पनि एउटा टिपर चिल्लो सडकमा अचानक भासिएको थियो । कालोपत्रे गरिएको सडकमा गुडेको टिपरको पछाडिको दुवै चक्का सडकमा भासिएको थियो । निर्माणमा कमसल सामाग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको हो । त्यस बखत निर्माण कम्पनी आशिष निर्माण सेवाले पुनः मर्मत गरेको थियो ।

प्राविधिक काम र त्यसको अनुगमनको पाटो दुरुस्त नभएकै कारण सडकमा गुडिरहेका गाडीहरु यसरी धमाधम भासिन र भ्वाङ पर्न थालेका दृष्यहरु देखिन थालेका छन् । क्षेत्रीय सहरी विकास परियोजना विराटनगर महानगरपालिकाको प्रोजेक्ट म्यानेजर भरत न्यौपाने क्यान्ट्याक फेसमा रहेकोले कुनै पनि सडक भत्किए, उप्किए निर्माण कम्पनीले मर्मत सम्भार गर्नुपर्ने बताए । ‘अहिले वर्ष दिनको मर्मत सम्भार अवधि रहेको छ । त्यसबीचमा परियोजना भित्रको कुनै पनि सडक बिग्रीए निर्माण कम्पनीले जिम्मा लिएर पुनः मर्मत सम्भार गर्नुपर्ने हुन्छ,’ उनले भने ।

यता आशिष निर्माण कम्पनीका प्राविधिक रोविन्द्र ठाकुरसँग पिच सडकमा के कारणले भ्वाङ परेको हो भन्ने विषय बुभ्mन बारम्बार सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् । साभार: हाम्रो मत

२०७८ जेष्ठ ३०, आईतवार १४:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय