कपिलवस्तु : भन्सार छली अवैध रुपमा ओसारपोसार न्यून गर्न कपिलवस्तु शशस्त्र प्रहरी थप सक्रिय भएको छ ।

सशस्त्र प्रहरी मर्यादपुरले जिल्लाको रंगपुर , मर्यादपुर लगायतको नाकाबाट शसस्त्र अवैध रुपमा भन्सार छली रु.२ लाख ४० हजार बढिको बिभिन्न किसिमका औषधी,चिसो,सुर्ती लगायत बिभिन्न किसिमका कास्मेटिकका सामानहरु नियन्त्रणमा लिई सुठौली भन्सार कार्यालयमा बुझाएको छ ।

भारतबाट लुकाई छिपाई ल्याई रहेका ती अवैध सामाग्री रंगपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएका ७ जनाको टोलीले रंगपुरको बाटोमा तस्करहरुलाई लखेटदै २ लाख ४० हजार भन्दा बढीकोे औषधी,चिसो,सुर्ती लगायत बिभिन्न किसिमका कास्मेटिकका सामानहरु पक्राउ गरेको हो ।

उक्त अवैध सामान सुठौली भन्सार कार्यालय चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी दिनुभयो ।

अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी कपिलवस्तुका सुरक्षाकर्मीले थप कडाई गरे संगै पछिल्लो समयमा सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

२०७८ असार १, मंगलवार १३:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय