महोत्तरी : महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरीले दाइजो, वालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताउनु भएको छ ।

महोत्तरीको मटिहानी पुग्नु भएकी मन्त्री चौधरीले आफ्नै सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको समारोहलाई सम्वोधन गर्दै यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताउनु भएको हो । मटिहानी मन्त्री चौधरीको जन्मस्थल अर्थात माइती नगर हो ।

Chanda_Chaudhry (2)

जनता समाजवादी पार्टीकी नेतृसमेत रहनु भएकी मन्त्री चौधरीले मधेशमा महिला, वालवालिका र जेष्ठ नागरिकको अवस्थामा सुधार अपरिहार्य रहेकोतर्फ जोड दिनुभयो । यसका लागि छोरी शिक्षालाई बढावा दिन नगरप्रमुख हरिप्रसाद मण्डलसहित स्थानीय जनप्रतिनिधिसँग उहाँले अपिल गर्नुभयो । शुक्रबार नै माइती नगर पुग्नु भएकी मन्त्री चौधरी लगातार पारिवारिक र सामाजिक भेटघाटमा सरिक हुनु भएको छ ।

मन्त्री चौधरीले आफ्नो सम्मानमा आयोजित समारोह र पारिवारिक भेटघाटहरुमा पनि सामाजिक विकृति अन्त्य गर्न नयाँ पुस्ताले थप अग्रसरता लिन पर्ने औंल्याउनु भएको छ । “म मन्त्रीका हैसियतले आफ्नो ठाउँबाट पहलकदमी लिन्छु” चौधरीले भन्नुभयो, “तर जरा गाडेर रहेका सामाजिक विकृति सरकारको मात्र प्रयत्नले अन्त्य हुँदैन ।” यो अभियानमा सबै तहतप्काको स्वस्पूmर्त र सङ्गठित पहलकदमी बढ्न आवश्यक रहेको उहाँको भनाइ छ । सरकार पञ्चवर्षीय रणनीतिक योजनाका साथ अघि बढ्ने र यस कार्यमा प्रदेश र स्थानीय सरकारको साझेदारी हुनपर्ने चौधरीले बताउनुभयो ।

मन्त्री चौधरीलाई मटिहानीमा नगरप्रमुख मण्डलले सयपत्री पूmलको माला र दोसल्ला ओढाइ अभिनन्दन गर्नु भएको थियो । मन्त्री चौधरीलाई मटिहानीका धार्मिक र ऐतिहासिक सम्पदाको चित्रपट पनि नगरप्रमुख मण्डलले माइतीको उपहारभन्दै प्रदान गर्नुभयो ।

मटिहानीमै जन्मेर माध्यमिक तहको शिक्षा यहीं प्राप्त गर्नु भएकी मन्त्री चौधरीलाई माइती नगर घुम्दा कसैले छोरी, कसैले दिदी र कसैले बहिनीको सम्वोधन गरेका थिए । मन्त्री चौधरीको घर भने सर्लाही हो ।

मटिहानी नगरपालिकाले आयोजना गरेको सम्मान समारोहमा महोत्तरी-३ ‘क’ का प्रदेशसभा सदस्य अभिराम चौधरी, महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी , राजनीतिक दलका अगुवाहरु, नगरपालिकाका पदाधिकारी तथा सदस्यहरु, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राध्यापकहरु र नागरिक समाजका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

दुई दिने माइती नगरको भेटघाट सकेर मन्त्री चौधरी आज राजधानी काठमाण्डौ फर्कनु भएको छ ।

२०७८ असार ५, शनिबार १७:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय