काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा २,४२१ जना कोभिड बिरामी थपिएका छन् । १२ हजार ४१४ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

थप ८१ जनाको मृत्यु भएको छ । ३५५८ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ५० हजार ५२० मा झरेको छ । तीमध्ये ४७,२८६ जना घरमै छन् भने ३,२३४ जना संस्थागत आइसोलेशनमा छन् ।

कूल संक्रमित संख्या ६ लाख २७ हजार पुगेको छ । कूल मृत्यु ८८९४ पुगेको छ । २५ लाखले खोपको पहिलो मात्रा लगाएका छन् भने ७ लाख ३१ हजारले दोस्रो डोज लगाएका छन् ।

पछिल्लो २४ घण्टामा भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाण्डूमा ३४६ गरी उपत्यकामा कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये अहिले ७३४ जना र आईसीयूमा २१३ जना भेन्टिलेटरमा छन्।

२०७८ असार ९, बुधबार १८:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय