prahari_dwara_kutpit_nepalvani_dhanusha_1

जनकपुरधाम : धनुषामा प्रहरीद्वारा एक १५ वर्षिय बालक कुटिएका छन् । धनुषाको शहिदनगर नगरपालिका यदूकुहा स्थित ईलाका प्रहरी कार्यालयमा बालक कुटिएका हुन् ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टीका १५ वर्षिय बालक रविशंकर कुमार पण्डितलाई चोरीको आरोपमा कुटपिट गरी घाईते बनाएको पिडित परिवारको आरोप छ ।

प्रहरीको कुटाईबाट घाईते बालक बेहोस् भएपछि शनिवार साँझ ७ बजे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराईएको बालकका काका बिन्देश्वर पण्डितले बताए । उनले भने, ‘जसको घरमा चोरी भएको छ, उसको घर मेरो भतिजो सधै दुध पुर्‍याउन जान्थ्यो, शनिवार पनि गएको थियो, सधै झैं दुध पुर्‍याएर आयो, तर पछि १२ बजे प्रहरी चौकीमा लागेर सोधपुछ गर्नुको साटो पाईपले पिटयो ।’

चोरी भएको मनिष गुप्ताको घरमा आफु दुध पुर्‍याउन सधैजसो गएपनि चोरी नगरेको भएपनि प्रहरीले सोधेर चोरी नगरेको भनेपछि पाईपले आफुलाई कुटेको बताए । बालकको दुवै पैतला, हातको औला, खुट्टाको औला सुन्निएको र खुट्टाको तिघ्रामा पाईपको निलडाम बसेको छ ।
यता बालकका पिता शत्रोहन पण्डितले घरमा कोही नभएको बेला बोलाएर प्रहरी चौकीमा लगेर पिटनु आफुहरुमाथि अन्याय भएको बताए । उनले भने, ‘सोधपुछ गर्नुथ्यो गर्‍यो तर मेरो छोरालाई बेहोस् हुने गरी नदेखिने ठाउँमा पाईपले पिटेको छ ।’

गत शुक्रवार राति शहिदनगर ३ यदुकूहा स्थित मनिष गुप्ताको घरमा चोरी भएको थियो । ईलाका प्रहरी कार्यालयको झण्डै सय मिटर दुरीमा रहेको स्थानमा चोरी भएको प्रहरी निरिक्षक संवित भण्डारीले जानकारी दिए । उनले भने, ‘चोरी भएको घरको सिसिटीभि फुटेजको आधारमा सोधपुछ गरिएपनि कुटपिट गरिएको छैन् । यहाँबाट अभिभावकले बुझेर लादा कुटपिट भएको थिएन, घर लैजादा लैजादै कसरी कुटपिट भयो ?’

prahari_dwara_kutpit_nepalvani_dhanusha_2

२०७८ असार १३, आईतवार ०९:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय