File Photo / Nepalvani

महोत्तरी : वर्षासँगै परेको चट्याङ लागेर महोत्तरीको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनरासिस्वा-४ साढा गाउँका प्रेमशिला देवी र वडा ५ कटैया गाउँका विशेश्वर राय छन् ।

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घरनजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा मृत्यु भएको हाे।

त्यस्तै ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज (सोमबार) बिहान परेको चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको थियो।

२०७८ असार १४, सोमबार २०:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय