File: Photo

काठमाडौं : पछल्लो २४ घन्टामा ११ हजार ७४८ नमूना परीक्षणमा २६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा ७२ सय ५९ नमूनाको पीसीआर र ४४ सय ८९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २६ सय ३६ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३ सय ४८ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।

२०७८ असार १५, मंगलवार १७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय