kamala_siraha_dhanusha_Pradesh-2_nepalvani

सिरहा : कमला नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सतर्कता अपनाउन आसपासका बासिन्दालाई अपिल गरेको छ ।

सिरहाका सिडिओ प्रदिपराज कणेलले कमला नदी क्षेत्रका बासिन्तालाई सतर्कता अपनाउन माइकिङ गराएका हुन् । सीडीओ कणेल भन्छन्, ‘ कमला नदीमा सिन्धुलीतर्फ ३ मिटर बढेको मापन गरिएको छ ।

सिरहा–धनुषातिर बहाव क्षेत्र लामो भएकाले करिब डेढ मिटर बढेको छ ।’ तटबन्ध भत्काउने खतरा बढेकाले नदी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन माइकिङ गर्न लगाएको उनको भनाई छ ।

कमला नदीमा हरेक वर्ष अत्यधिक बाढी आउँछ । हरेक २÷३ वर्षको अन्तरालमा बाढीले सिरहा र धनुषातर्फ तटबन्ध भत्काउने गरेको तथ्यांक छ । तटबन्ध भत्काउदा बाढीले ठूलो क्षति पुर्याउँछ ।

pradip_raj_kandel_nepalvani

तर तटबन्ध मर्मत गराउन सरकारले आवश्यक बजेट उपलब्ध गराउने गरिएको छैन । ‘तटबन्ध मर्मत गराउने निकायले बजेट नै छैन भन्छन्’, सिडिओ कणेलले भने, ‘स्थानीय तहले पनि तटबन्ध मर्मतका लागि बजेट छुट्याउने गरेका छैन । मर्मतको अभावमा तटबन्ध कमजोर भएर भत्किने खतरा बढेको छ ।’ बाढीले तटबन्ध भत्काए ठूलो क्षति पुर्याउने उनको अनुमान छ ।

२०७८ असार १७, बिहीबार ०६:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय