वीरगंज : अल लायन्स क्लब अफ वीरगंज, जीतपुर, सिमरा तथा कलैया अन्तर्गत रहेका क्लबहरुको आयोजनामा आज वीरगंजको नारायणी अस्पताल लगायत चार स्थानहरुमा खाना एवं खाजा खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब ईन्टरनेशनलद्वारा वीरगंजको नारायणी अस्पतालमा रहेका बिरामी तथा कुरुवाहरुलाई खाना एवं खाजा वितरण गरिएको थियो, यसैगरी, छपकैयास्थित यतीमखानामा आश्रित ४० जना बालकहरुलाई खाना खुवाइएको थियो । त्यस्तै, आदर्शनगरस्थित आमाको माँया छात्रावास र श्रीपुरस्थित मानव सेवा आश्रममा खाना खुवाइएको लायन्स क्लबका एरिया चिफ लायन बासु तिमिल्सिनाले बताए ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लबका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले खाना खुवाउने कार्यक्रमको प्रशंसा गर्दै आयोजक क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजकहरुलाई धन्यवाद दिनुभएको थियो । लायन्स क्लबले यस क्षेत्रमा उदाहरणीय कार्य गरेको बताउँदै आफुले आगामी कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न गर्नको लागि सक्दो सहयोग गर्ने समेत बताए ।

कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट चेयरपर्सन लायन देव चौधरी, लायन आकाश सर्राफ, लायन विजय गुप्ता, लायन उमेश साह कानु, रिजन चेयरपर्सन लायन कलिमुल्लाह अंसारी, लायन विजया आझैया, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, लायन श्याम गुप्ता, लायन रामेश्वर गुप्ता, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुड्डी जोशी, लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंज मिलेनियमका अध्यक्ष लायन सुमन श्रेष्ठ, सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिनादेवी टिबडेवाल, संस्कृति गोल्डकी अध्यक्ष लायन सुधा कार्की थापा, सचिव लायन भगवती सिग्देल, सेस्मी एकेडेमीका प्रथम उपाध्यक्ष लायन अजय साह, सहसचिव लायन संध्या शेष लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Narayani Food Distribution

२०७८ असार १८, शुक्रबार ०६:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय