
देशमा कोरोना माहामारी व्यापक रुपमा बदिराख्दा जन-जिवन निकै कस्तकर भएको छ । जनताको पिडा दिन प्रती-दिन बदिरहेकै छ । कति पय जनताहरु खाना खान नपाएर मरिरहेका छन । यति भैराख्दा पनि जनताको पिडा भने सरकारले बुझ्नसकेका छैनन् ।
कोरोना माहामारीले जनता पीडित थिए, अझ आइले वर्षाको मौसम आएछि बादी-पहिरोले उहाँहरुको जीवन अझ कस्तकर बनाइसकेको छ । जता-ततै बादी-पहिरो आइरहेको छ, घरहरु दुवानमा परिरहेका छन । पीडितहरुलाई नत बस्नलाई घरनै छ, नत खानलाई खानानै छ, नत लाउनलाई कपडा नै छ ।
त्यस्तै कोरोना र बादी-वर्षातको चपेतामा परेका छन नेपालको प्रदेश २ स्थित सर्लाहीको चन्द्रनगर गाउँपालिकाका गरिव र विपन्न जनताहरु । उहाँहरुको घरमा राम्रो छानो समेत छैन । ” पानी पर्दा हाम्रो घरमा पानी छिरछ अनि हामी एउटा कुनामा कुर्सीमा रात भरी बसेर निदाउ छै ” चन्द्रनगर गाउँपालिका स्थित एक पीडितले भने । ” आविरल वर्षाले गर्दा हामी नत राती निदाउन पाउछम नत दिउँसो नै ” अर्को पीडितले भने ।
” घरमा पानी-पानी भएकोले गर्दा हामीलाई खाना पकाउन र खान नि धेरै गारो भैरहेको छ ” अर्को पीडितले गुनासो गरे ।
जनताहरु कोरोना माहामारी र अविरल वर्षा बाट पीडित छन तर आइले सम्म नत संघीय सरकारले कुनै वास्ता गरे नत स्थानीय सरकारले नै । स्थानीय सरकारको ५०-६० करोडको बजेट केका लागि छन ? गीति वालिवा र धलानको लागि मात्रै ? कि भ्रस्टाचारिको लागि मात्रै ?
जनताहरु यस्तो मारमा परेका छन, जन-जीवन निकै कष्टकर भएको वेला स्थानीय सरकारले उहाँहरु लाई नत बस्नलाई एउटा तृपाल नै सहयोग गरे नत खानलाई खधयान्ननै उप्लबध गराए ।
हामीले यस्तो आपतको वेला पीडितलाई सहयोग नगरे कैले गर्ने ? यस्तो आपतको वेला पनि स्थानीय सरकारले जनतालाई नसघाए कैले सघाउने ? आखिर किन चाहियो नेपाली जनतालाई सरकार र संघीयता ?
लेखक : आदित्य महतो