जनकपुरधाम : पूर्व संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले भासिएको कमला पुल भासिएको विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

दुईदिन अगाडी कमला नदीमा आएको बाढीपछि भासिएको पुलको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला पूर्वमन्त्री अरगरियाले यस्तो माग गरेका हुन् । ‘धनुषा–सिरहा जोड्ने कमला नदी पुल सञ्चालनमा नआउँदै भत्किनुमा निर्माण सामग्री कमसल अर्थात गुणस्तरहीन प्रयोग गरिएको स्पष्ट भएको छ’, उनले सामाजिक सञ्चालनमा लेखेका छन् ।

पुल गुणस्तर छानविन समिति गठन गरी पुल निर्माणमा संलग्न कार्यालय, ईन्जिनियर तथा ठेकेदारसहित दोषिमाथि कडा कारवाहीको हुनुपर्ने उनले माग गरेका छन् । साथै उक्त पुलको निर्माण काम अविलम्ब सुचारु गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।

असारको पहिलोसाता मन्त्री रहेकै बेला अरगरिया पुलको निरीक्षण गर्न पुगेका थिए । सोक्रममा ठेकेदार कम्पनीका इन्जिनियरले १५ दिनभित्र पुल सञ्चालनमा आइसक्ने दावी गरेका थिए । यो कुराले उत्साहित अरगरिया इन्जिनियरलाई माला लगाएर धन्यवाद दिए ।

तर पुल भासिएपछि पूर्वमन्त्री अरगरियाले १५ दिनमा पुल सञ्चालनमा आउने घोषणा गरेको भन्ने गलत अपवाह फैलाएर केहि संचारमाध्यम र केहि विरोधी व्यक्ति सामाजिक सञ्जालमा बदनाम गराउन खोजेको छ ।

२०७८ असार १९, शनिबार १५:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय