जनकपुरधाम : प्रदेश नं २ सरकारले आर्थिक मसान्त समाप्त हुनै लाग्दा संचारकर्मीहरुको लागि छुटयाइएको रकमलाई तालीमको नाउमा स्वाहा गर्ने गजवको तरिका अपनाएको छ ।

आर्थिक मसान्त समाप्त हुन केहि दिन मात्रै बाकि छदा प्रदेश नं२ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल पत्रकार महासंघ प्रदेश २ संग समन्वय समेत नगरि आफु खुसी प्रदेशका पत्रकारहरुलाई तालीम दिइने नाउमा लाखौ रुपैया बजेट स्वाहा गर्ने प्रपण्च रचेको देखिएको छ । मन्त्रालयले पत्रकारहरुको नामावली पनि सार्वजनिक नगरि धनुषाको हारसरमा तालिमको आयोजना गरेर पाच दिने तालिमको आयोजना गरेको वुझीएको छ ।

यता यस सम्वन्धमा प्रदेश नं २ पत्रकार महासंघ का अध्यक्ष राजेश कर्णले पनि तालिमको विषयमा अनभिज्ञता प्रकट गरेको छ । अध्यक्ष कर्णले समाजीक संजालमा टविट गर्दै ७२ लाख बजेट रहको सो तालिमको मन्त्रालयले सोधखोज समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

यता नेपाल पत्रकार महासंघ धनुषाकि अध्यक्ष मनिका झाले समेत तालिमको विषयमा अनभिज्ञता प्रकट गर्दै प्रदेश सरकारले पत्रकारलाई तालीम दिइने विषयमा सोधखोज गर्नुपर्नेमा आफुखुसी कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकि छिन ।

पत्रकारलाई तालिम दिने विषयमा सम्वन्धित संस्थासंग पनि समन्वय नगरि जवरजस्ती प्रदेश सरकारले तालिमको आयोजना गरि बजेट स्वाहा गर्ने खेलमा लागेको भन्दै पत्रकारहरु माझ यो विषय अहिले सर्वाधीक चर्चाको विषय वनेको छ । 

२०७८ असार २०, आईतवार १४:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय