सर्लाही : दुई वटा पेस्तोल र १७ थान गोली सहित यी तीनजना युवक प्रहरीको फन्दामा
जनकपुरधाम : हतियार सहित सर्लाहीबाट प्रहरीले तीनजनलाई पक्राउ गरेको छ ।

ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान पेस्तोल, १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ परेका हुन् ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार सहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई हातहतियार सहित पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७८ असार २७, आईतवार ११:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय