श्याम क्षेत्री,

टोकियो(जापान) : राप्ती समाज जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ ।सो अधिवेशनबाट मनराज विश्वकर्मालाई अध्यक्ष र पन्चबीर चौधरीलाई महासचिव चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

राप्ती समाज जापानका संरक्षक विशेश्वर रेगामीको प्रमुख आतिथ्यता एवम् निवर्तमान अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा भएको उक्त अधिवेशनले कार्य समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरु- आयुष्मा पुन मगर ,पिताम्बर जी.सि,शिवराज भट्रराई, महासचिब पञ्चबीर चौधरी सचिव हरिभक्त ओली ,सहसचिव विश्व प्रताब बुढा मगर, कोषाध्यक्ष युबक शाही , सह कोषाध्यक्ष सुरेश पोख्रेल, प्रबक्ता सुगम बस्याल , आरएनजीमा कमल बॅाठा मगर र सदस्यहरु- किरण घर्ति मगर, गोपाल खड्का , सबित्री श्रेष्ठ ,शंकर के:सी , जानकी अधिकारी, रोशनी कठायत, प्रकाश श्रेष्ठ ,शिबराज बि .क. , शुन्दर शाह ,शुन्दर अधिकारी ,नबिन खत्रीलाई चयन गरेको छ भने ४ जना सदस्य पछि मनोनित हुने जनाएको छ ।

यसैगरी अधिवेशनले ८ सदस्यीय सल्लाहकारमा तारा प्रकाश बुढा मगर, रबि पुन , शरद पोख्रेल, राजन केसी , बिष्णु पौडेल, धनबीर सोनी , केशब भण्डारी , पदम प्रसाद भट्टराइ चयन गरेको छ। निवर्तमान अध्यक्ष युवराज रेग्मीलाई संरक्षकको जिम्मा दिएको बताईएको छ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गर्दै कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, भने विधांनलाई सर्वसम्मत रुपमा केहि परिमार्जन गरिएको थियो ।

अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एकजुट भई राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ ।

सो कार्यक्रम निवर्तमान महासचिब प्रकाश ओलीले संचालन गर्नुभएको थियो ।

२०७८ असार २८, सोमबार ११:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय