काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

साउन पहिलो हप्ताभित्र सबै जिल्लाबाट मूल्यांकन नतिजा प्राप्त गरेर अन्तिममा नतिजा निकाल्ने तयारी कार्यालयको रहेको छ । गत जेठ १३ गतेदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण स्थगित भएको थियो ।

भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने कार्यविधि बनाएको थियो ।

यस वर्षको एसईईको मूल्यांकन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत अंक दिन पाउनेछन् ।

२०७८ असार ३१, बिहीबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय