वीरगञ्ज : बुटवल लिने भनेर ट्रकमा चढाई पटक पटब जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर. २१ बस्ने २७ वर्षिय सुनील महतो र पोखरिया नगरपालिका वडा नम्बर.६ बस्ने २५ वर्षिय शिवबालक महतोलाई असार ३० गते बुधबार प्रहरीले पक्राउ गरेको हो ।
रुकुम घर भएकी १९ वर्षिय महिलालाई २ वर्षिय छोरा सहित असार २७ गते बुटवल जानको लागि कलङ्की चोकबाट ना.५.ख.२८७० नम्बरको ट्रक चालक सुनील महतोले नारायणगढसम्म पु¥याइदिन्छु भनी उनलाई ट्रकमा चढाए । पहिरोका कारण चितवनमा बाटोमा जाम थियो ।
जाममा गाडी रोकिएको अवस्थामा महतोले ट्रकको क्याबिनभित्र सीटमा जबरजस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन । असार २८ गते जाम खुलेपछि महतोले युवतीलाई चितवनको रामनगरसम्म ल्याई दिउसो १ बजे शिवबालक महतोले चलाएको ना.६ख.३३६९ नं. को ट्रक रोकी उक्त ट्रकमा चढाइदिए ।
ट्रक बुटवल जाने भन्दै आफूलाई ट्रकमा चढाएको ति युवतीले बताइन । महतोले ट्रकमा उनलाई बीरगञ्जतर्फ ल्याएको र बीरगञ्ज ल्याउने क्रममा पथलैया अमलेखगंज सडक खण्डको जङ्गल एरियामा पुगेपछि राजमार्ग छेउमा ट्रक रोकी पटकपटक करणी गरिएको पीडित महिलाले बताइन ।
असार गते बिहान ८ बजे महतोले सोही ट्रकका सहचालक सोही ठाउँका २७ वर्षिय इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पु¥याउन भनेकोमा निज सहचालक इन्दल चौहानको ४० वर्षिय ब्यक्तिले पीडितलाई ड्राइपोर्ट परवानीपुर सडकखण्डको बिचतिर गाडी रोकी पालैपालो जबर्जस्ती करणी गरी ड्राइपोर्टमा ल्याई अलपत्र अवस्था छोडी हिँडेका थिए ।
दिउसो ५ बजेको समयमा र्सिसिया प्रहरी चौकीबाट निस्किएको गस्ती टोलीले ति महिलालाई फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
प्रहरीले पीडित महिलाको नालीबेली सुनीसकेपछि घटनामा संलग्न सुनील महतो र शिवबालक महतोलाई उनीहरुले चलाएको दुइटा ट्रकहित पक्राउ गरेको छ ।
पीडित महिलाले असार ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । महिलाको स्वास्थ्य परिक्षण आसार ३१ गते बीरगंजको नारायणी अस्पतालमा भएको छ ।
प्रतिवादीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थमाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए । २ घटनामा सलंग्न अन्य २ जना व्यक्तिहरुको खोजतलाश भइरहेको उनले वताए ।