नकपुरधाम :  प्रदेश २ सरकारमा दुई नयाँ मन्त्री थपिएका छन् । शनिवार एक समारोहका बीच माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साह र सचेतक रुबी कर्णलाई मन्त्री र राज्यमन्त्री पदका तथा गोपनियताका सपथ ग्रहण गराईएको छ । उनीहरु दुवैजनाले नेपाली भाषामा सपथ लिएका हुन् । प्रदेश प्रमुखले मन्त्री भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई नेपाली भाषामा सपथ ग्रहण गराएका थिए भने उनीहरु पनि नेपालीमै सपथ खाएका थिए ।

सत्ता समीकरणको खेलमा जनता समाजवादी पार्टीले आफ्नै मन्त्रीलाई राजिनामा गराएर माओवादी केन्द्रबाट मन्त्री नियुक्त गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्य मन्त्री सरोजसिंह कुशवाहाको स्थानमा दुवैजनालाई मन्त्री बनाईएको हो ।

सरकारमा सहभागी गराउन समाजवादी पार्टीका दुई मन्त्रीलाई राजिनामा दिलाएर माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्री सहित आन्तरिक मामिला तथा संचार मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

मन्त्री हुन लागेका साह महोत्तरी क्षेत्र न १ (ख) बाट निर्वाचित सान्सद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सान्सद हुन ।

मन्त्रीको बिवादित निर्णय
निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले पछिल्लो पटक आम संचार प्राधिकरण, चलचित्र बिकास बोर्ड र मिडिया काउन्सिलमा जुनियर (कनिष्ठ) लाई नियुक्त गरेको भन्दै व्यापक आलोचना भएको थियो । नियुक्ति प्रकरणमा अध्यक्ष उपेन्द्र यादव समेत नियुक्तिको बिषयमा मन्त्री यादवसङ चिढिएको बेला उनको राजिनामा गराई माओवादी केन्द्रलाई सरकारमा सहभागि गराईएको हो ।

पछिल्लो पटक माओवादीले दुई मन्त्रालय माग गरेपनि अन्तिम समयमा एक शक्तिशाली मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।
मन्त्रीको राजिनामासंगै दुई मन्त्रीले सपथ लिएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह र सचेतक रुवी कर्णले मन्त्री पथको सपथ लिएका हुन् ।

https://www.facebook.com/114530940260194/posts/399719618407990/

२०७८ श्रावण २, शनिबार १९:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय