झापा : झापा गाउँपालिकाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ रकमसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका वडा नं. २ बेलाईतिबारीबाट सोही ठाउँका ५० वर्षीय गौरी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनले भारतबाट नेपालतर्फ लुकाई छिपाई पैसा ल्याएका हुन् ।

मण्डलको साथबाट प्रहरीले ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरेको छ । घटनाबारे भद्रपुर भन्सार कार्यालयमार्फत आवश्यक अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

२०७८ श्रावण १०, आईतवार ११:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय