जनकपुरधाम : जनकपुर विमानस्थलमा पूर्व उपप्रधानमन्त्री एवं संघीय साँसद राजेन्द्र महतोलाई भव्य स्वागत गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले निकालेपनि सयौं नेता कार्यकर्ता पुगेर साँसद महतोलाई स्वागत गरेका हुन् । उनको स्वागतमा मोटरसाइकल र्याली समेत निकालिएको छ । स्वागत गर्न पुगेका नेता कार्यकर्ताले राजेन्द्र महतोको पक्षमा नाराबाजी समेत गरेका थिए ।

साँसद महतोले उपेन्द्र यादव १८ महिनामा गर्न नसकेको काम आफूहरु १८ दिनमा गरेर देखाएको दावी गरे । संविधान संशोधनका लागि कार्यदल गठन र सयौं कार्यकर्तामाथि लगाएको मुद्दा फिर्ता गराउने लगायतका काम गराएको उनको भनाई थियो ।

धनुषा क्षेत्र ३ बाट संघीय साँसदमा निर्वाचित महतो दुई दिन जनकपुरमै बस्ने बताइएको छ । उनी आफ्नो क्षेत्रका विभिन्न योजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको यूवा नेता प्रशान्त झाले बताए ।

जनकपुर विमानस्थलमा राजेन्द्र महतोलाई भव्य स्वागत

२०७८ श्रावण १४, बिहीबार १८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय