आज पश्चिमी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमाचन महाशाखाले जनाएकाे छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । महाशाखा अनुसार देशका अन्य प्रदेशमा भने हल्कादेखि मध्यमखालको वर्षा हुनेछ।
प्रदेश-१ मा अहिले पनि पानी परिरहेको छ । यस्तै, वाग्मती प्रदेशमा भने दिउँसो पछि पानी पर्ने सम्भावना रहेकाे महाशाखाकाे पूर्वानुमान छ ।
भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा मनसुन थप सक्रिय भएको छ । अब एक/दुई दिन मै झरी पर्ने सम्भावना रहेकाे छ ।

