रौतहट : रौतहटमा विद्यार्थी भर्ना विषयमा विद्यालय व्यवस्थापन समितिको दुई पक्षीयबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।

दुई पक्षीयबीच झडपमा १३ जना घाइते भएको रौतहट प्रहरीले जनाएको छ । झडपमा एउटा पक्षका ७ र अर्को पक्षको ६ जना गरी १३ जना घाइते भएको रौतहटका प्रहरीले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वध्यक्ष देवनारायण भगत मालीको समूह र वडा ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको हो ।

प्रहरीका अुनुसार रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ४ स्थित मावि विष्णुपूर्वामा आइतबार पक्षबीच झडप भएको हो ।

रौतहटका प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम शाहले दुबै पक्षका मुख्य एक–एक जना गरी दुई जना प्रहरीको नियन्त्रणमा रहेको बताए ।

२०७८ श्रावण १८, सोमबार २१:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय