कलैया : ​प्रदेश २ को बारा जिल्ला कलैया उपमहानगरपालिकामा एक दलित महिला जनप्रतिनिधिलाई मध्यरातमा घरबाट उठाएर लगि खम्बामा बाँधेर कुटपिट भएको छ ।

कलैया उपमहानगरपालिका वडा नं.२७ कि दलित महिला सदस्य तारा देवी पासवानलाई बुधबार मध्यराति खम्बामा बाँधेर कपडाच्यातच्युत गरी कुटपिट भएको हो ।

एकजनाको बुहारी अर्कै कुटासंग भगाउन सघाएको भन्दै स्थानीय ४५ वर्षीय जोगिन्द्र साह नेतृत्वको समूहले जनप्रतिनिधि पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटको क्रममा उनको लुगासमेत च्यातच्युत पारेका छन् । खम्बामा बाँधेर कुटपिट गरिरहेको खबर प्रहरीलाइ हुनासाथ राती करिब साढे ११ बजे पुगेर पासवानको उद्धार गरि कलैया हस्पिटल पुर्याएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले टुडेपाटीलाई बताए ।

उनका अनुसार प्रहरी पुग्नासाथ कुटपिट गर्नेहरु भागेका थिए । कुटपिट गर्नेको नेतृत्व गर्ने जोगिन्द्र साहलाई पक्राउ गर्न सफल भएको र अन्यको खोजविन भरहेको उनले जानकारी दिए । कुटपिटबाट पासवान घाइते भएकी छन् ।

कुटपिट गर्ने साह लगायत ८ जना विरुद्ध समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार मुद्दा शुक्रबार दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

२०७८ भाद्र ५, शनिबार ११:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय