जनकपुरधाम : धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरी शव गाडेको आशंका गरिएको छ।

मिथिला बिहारी नगरपालिका ५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफनै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेको आशंका स्थानीयले गरेका हुन्। भागेश्वरलाई प्रहरीले पक्राउ गरी अनुसन्धन थालेको छ।
दुबैजनाको शव घर छेउमै गाडेको आशंकामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

स्थानीयका अनुसार भागेश्वरले मंगलबार बिहानै छरछिमेकलाई आफ्नो बुबा र श्रीमीती बेपत्ता भएको बताएका थिए। त्यसपछि स्थानीयले खोजबिन गर्दा घर छेउमै खाडल खनेर पुरेको जस्तो आलो माटो देखेपछि प्रहरीलाई खबर गरिएको हो। स्थानीयको खबरपपछि तुरुन्तै पुगेको प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

भागेश्वरले पनि बुवा र श्रीमतीको हत्या गरेर गाडेको बयान प्रहरीलाई दिएका एक प्रहरीले जानकारी दिएका छन्। घटनास्थलमा हाल ललिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतको टोलि पुगेको छ।

शव गाडेको भन्ने स्थानको उत्खनन कार्य भइरहेको डिएसपी जितेन्द्र बस्नेतले नेपालखबरलाई जानकारी दिए।

स्थानीयका अनुसार भागेश्वर एकवर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्। घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए। जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो।

सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ। भागेश्वर र अम्रिकादेवीका दुई छोराछोरी छन्।

२०७८ भाद्र ८, मंगलवार ११:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय