जनकपुरधाम : धनुषाको गनेशमान चारनाथ नगरपालिकाका एक विपन्न परिवारलाई हेल्प मधेशी मलेशिया  संस्थाले आर्थिक सहयोग गरेका छन् ।

गनेशमान चारनाथ नगरपालिका- ११ डुमरिया टाेलका रुदल सदाका ११ बर्षीय छाेरी बन्दना सदालाई खुट्टामा गहिरो घाऊ भएका कारण विगत १ वर्षदेखि घरमा थला परिरहेको हुदा साेसल मिडिया फेसबुक मार्फत दलानक अध्यक्ष सरोज कुमार साहले त्यो पीडित देखेका थिए तत्पश्चात त्यो बालिकाको अवस्था बुझ्न्को लागि हेल्प मधेशी नेपाल को केन्द्रिय अध्यक्ष  राम उदगार यादवले सम्पर्क गरेर त्यो बालिकाकाे अवस्था बारे सबै थाेक बुझेर हेल्प मधेशी मलेसियाका साह-आलम दलानद्वारा मंगलबार रु-२५०००/- अक्षरेपी (पचिस हजार मात्र)आर्थिक सहयोग गरिएको छ।

परिवारको आर्थिक अवस्था एकदमै कमजोर, दयनिय रहेको हुनाले उहाँको परिवारलाई आर्थिक सहयोग गरिएको हाे ।
उहाँको अपिल स्विकार्दै साह आलम दलानक परिवारद्वारा नगद नेपाली रुपैयाँ २५  हजार  सहयोग गरिएकाे छ। हेल्प मधेशी नेपालका अध्यक्ष  राम उदगार यादव र संस्थाका पदाअधिकारीहरु पिडितको घरमै गएर उक्त सहयोग रासी हस्तान्तरण गरिएको  हेल्प मधेसी मलेशियाको दु.उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिए ।

सेबा नै धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गरिदैआइरहेका र देश तथा बिदेशमा अशाय निसाय, बिपन्न परिवाररहरु ,बिरामी जस्ता र बिदेशमा पनि समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदैआईरहेका संस्था हेल्प मधेशी मलेसिया रहेकोे छ। समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो संस्था प्रमुख भुमिका समाज कल्याणको हित कार्य गर्दै आएको छ।

२०७८ भाद्र ९, बुधबार १७:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय