जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लालबाबु राउत सङ्घीयता विरोधीका मतियार कहिल्यै पनि लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपाल केन्द्रीय समितिद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय अभिमुखीकरणमा उहाँले अश्वासनै आश्वासनको पछि लाग्ने पनि प्रतिगामी भएको धारणा राख्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई असहयोग गर्ने र सङ्घीयतालाई समाप्त गर्न खोज्नेसँग प्रिय बन्न खोज्नु आश्चर्य हो भन्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकार शहीद परिवारको मुद्दालाई सम्बोधन गर्न गम्भीर रहेको बताउँदै यथाशीघ्र शहीद परिवारको भरणपोषणकार्य सुरु गर्ने जानकारी दिनुभयो ।

२०७८ भाद्र ११, शुक्रबार १९:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय