जनकपुरधाम : प्रदेश २ सरकारले खरिद गरेको वारुण यन्त्र प्रदेश प्रहरीले संचालन गर्न अस्वीकार गरेपछि सरकारले स्थानीय तहलाई बुझाउने तयारी अघि बढाएको छ ।

सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई जिम्मा लगाउने गरि आर्थिक वर्ष २०७७र०७८ मा झण्डै साढे ४ करोड खर्च गरेर ९ वटा वारुण यन्त्र खरिद गरिएको थियो । वारुण यन्त्र संचालन तथा रेखदेख सम्बन्धि कार्य विधि नबनाई तथा प्रहरी प्रशासनसँग छलफल समेत नगरि तत्कालीन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले वारुण यन्त्र खरिद गरेको थियो । खरिद गरिएको लामो समयपछि प्रहरीले उक्त वारुण यन्त्र बिना सर्तको संचालन गर्न अस्वीकार गरेपछि वर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्थानीय तहलाई बुझाउने तयारी गरेका हुन् । लामो समयदेखि खुल्ला अकाशमुनि थन्काइएको वारुण यन्त्र कवाड बन्दै गएको छ ।

वारुण यन्त्र संचालनको लागि ईन्धन, मर्मत सम्भार तथा संचालनका लागि वर्षेनी बजेट छुट्याउनुपर्ने सर्त प्रहरीले राखेको थियो । प्रदेश सरकारले प्रहरीको उक्त सर्त अस्वीकार गरेका थिए । मन्त्री साहले प्रदेश प्रहरी अझैपनि संघीय सरकारकै मातहतमा रहेकोले त्यसलाई बजेट दिन नसकिने भन्दै आएका छन् । प्रदेश सरकारले बजेट दिन नसकिने भनेपछि प्रहरीले ९ वटा वारुण यन्त्रमध्ये ४ वटा मात्रै लिएको छ ।

नेपाल प्रहरी अन्तर्गत विरगंजमा रहेका विपदव्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको नेपालप्रहरीको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्रप्रहरीको प्रदेश कार्यालयको लागि ४ वटा वारुण यन्त्रप्रहरीले केहि दिन अघि बुझेका थिए ।

२०७८ भाद्र १४, सोमबार १५:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय