काठमाडौं : कोरोना भाइरसको महामारीपछि सुरू भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले प्रभावशाली जीत दर्ता गरेको छ । बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले आर्सनलमाथि ३–० को जीत दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरेर सुरुवाती अग्रता दिलाए । ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन ड्री ब्रुयनाले गोल गरेपछि सिटीले अग्रता दोब्बर पार्‍यो ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ३–० ले विजयी भयो। जीतपछि दोस्रो स्थानको सिटीको २९ खेलबाट ६० अंक भएको छ । आर्सनल ४० अंकसहित नवौँ स्थानमा छ ।

२०७७ असार ४, बिहीबार ०८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय