
काठमाडौँ : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष हरीकृष्ण गजुरेल, महासचिव पेशल दाहाल लगायत पक्राउ ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँस्थित अमेरिकी दूतावास अगाडिबाट पक्राउ गरिएको हो ।
अखिल क्रान्तिकारीले दूतावास अगाडि एमसीसी राष्ट्र घात हो भन्दै विरोध प्रदर्शन गरेको थियो ।