धनुषा : धनुषाको एक अति अपाङ्ग परिवारलाइ आर्थिक सहयोग भएको छ ।

बिहीबारका दिन धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं-५ (नाैसय विग्हा) टाेलका माे. सहबुदिन अन्सारी जाे ७/८ बर्ष काे हुदा देखि नै एक हाथले अपांग छ र उहाँले धेरै बर्ष देखि एउटा हाथले सिलाई मसिन चलाएर आफ्नो जीवन जीविका चलाई रहेको थियो, तर अहिले आएर कपडा सिलाउने काम थप परेपछि, घरमा ७ जना काे परिवार लाई जीवन आपन चलाउन धेरै नै कठिनाई भएपछि उहाले समुहका पदाधिकारी हरु सँग सम्पर्क गरेर सहयोग गर्दिनका लागि हार्दिक अपिल गरेका थिए।

उहाँ को अपिल स्विकार्दै नाैसय विग्हा समाज सहयोग युवा समूह द्वारा अन्सारी परिवार लाई सानाे सहयोग स्वरुप नगद नेपाली रुपैयाँ २५,०५१ (पचिस हजार एकाबन रुपैया मात्र) सहयोग गरिएकाे जानकारी समुहका संयाेजक विजय कुमार मण्डल ज्यु ले जानकारी गराए र धेरै धेरै धन्यवाद दिन चाहन्छौं यहाँहरु लाई डा.अरुन कुमार मण्डल, बिन्दल कुमार यादव, संजिप कुमार राम, धिरेन कुमार मण्डल, विजय कुमार सिह, जय नारायण शर्मा, श्री नारायण शर्मा र माे.नईम राईन जाे पिडित को घरमै गएर उक्त सहयोग राशि हस्तान्तरण गरदिएकाे मा ।

पिडित परिवारले नाैसय विग्हा समाज सहयोग युवा समूह र सहयोगी मन हरू लाई हृदय बाट धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यतिमात्रै नभइ त्यहाँ का सम्पुर्ण नगरबासीहरुले समूह लाई पनि गुनगान गर्नु भएको किनकि यति छाेटाे समयमा यति धेरै पिडित परिवार हरुलाई सहयोग गरेकोमा ।

सेबा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गरिदै आइरहेका र समाजमा अशाय निसाय, बिपन्न परिवाररहरु ,बिरामी जस्ता र समस्या ग्रसित अत्यन्तै पीडित नेपाली समुदाय हरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदै आईरहेका छन र यो समूह प्रमुख भुमिका समाज कल्याण को हित कार्य गर्दै आएको छ।

२०७८ भाद्र ३१, बिहीबार १४:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय