railaway_janakpur_jaynagar_nepalvani_जनकपुर-जयनगर-रेल-नेपालवाणी

जनकपुधाम : गत वर्ष असोज ३ मा निक्कै धुमधाम र उत्साहका नेपाल सरकारले दुई थान साथ रेल भित्रायो । धेरै समयको प्रयासपछि नेपाल सरकारको स्वामित्व भएको रेल तामझामका साथ भित्राईए । भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेशन सम्म पुर्‍याईए । पहिलो पटक रेल चल्ने कुराले जनकपुरबासीमा खुशीको सिमा थिएन् । धेरैलाई लागेको थियो, अब रेल चल्छ । रेल आएपछि चल्ने सुनिश्चितता गरेका सर्वसाधारणले सरकारको प्रशंसा गरे । तर रेल आएको वर्षदिन वित्दा पनि रेल चल्ने सुरसार छैन् ।
रेल त आयो तर रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारी, कानूनको अभावमा एक वर्षदेखि धनुषाको ईनर्वा स्टेशनको पालमूनी राखिएको उघ्रेको छ । निक्कै उत्साह र धुमधामका साथ हर्न बजाएर भित्राईएको रेल वर्षदिन देखि पालमुनी थन्किएपछि स्थानीयहरु निराश भएका छन् । रेल भित्राउने समयमा एक महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिएपनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको हो ।

विगत एक वर्षभन्दा बढी समयदेखि रेल धनुषाको जनकनन्दनी गाउँपालिका स्थित ईनर्वा स्टेशनमा पहेलो टेन्ट ओढाएर राखिएको थियो, तर त्यो त्रिपाल पनि वर्षा र घामले उघ्रिसकेको छ । रेललाई ओढाएर राखिएको टेन्ट च्यातिएर खेरगएपनि चलाउने साईत जुराउ सरकार सकेको छैन् । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको एक उच्चपदस्त कर्मचारीले बताए ।
‘चार-पाँच वर्ष देखि रेल चल्ने कुरा हुदैछ तर तर कहिले चल्छ अत्तोपत्तो छैन‘ जनकनन्दनी गाउँपालिका ४ खजूरीकी सूर्यकला देवी कामती रेल नचल्दा निराश छिन । ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुर सम्म रेल चल्छ भनेर भनियारे तर चलेन । रेल त आयो तर एक दिन पनि चलेन, अहिले थन्किएरको छ, कहिले चल्छ ठेगाानै छैन’ उनले भनिन ।

विगत तीन वर्ष देखि विवाह पञ्चमीमा भारतको जयनगरबाट जनकपुर सम्म रेल चल्ने हल्ला भएपनि अहिले सम्म नचल्दा सिमावर्ती क्षेत्रका स्थानीयहरुको रेल चढ्ने आशा निराशामा परिणत भएको छ । ‘उमेरले अब साथ दिन छोडयो, मोटरसाईकलमा आउँदा जाँदा समस्या हुन्छ, रेल चढेर जानकी मन्दिर दर्शन गर्ने ईच्छा थियो, तर रहर पूरा हुने छाँटकाँट छैन ।’ जनकनन्दनी गाउँपालिकाकै उमेरले ८० कटेकी जोगनी दासले भनिन, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष हुन लाग्यो, रेल चल्दा आउन जान सजिलो हुन्थ्यो, रेल बन्द भएपछि जनकपुर अहिले सम्म एकपटक पनि जान सकेको छुईन ।’ ‘रेल अब चल्छ, तब चल्छ, भनेर सधै सुन्छु तर अहिले सम्म कहिले चल्ने टुङ्गो छैन, रेल चल्ने कति भाका आयो, कतिवटा भाका नाघयो तरपनि रेल चलेन ।’ जनकनन्दनी गाउँपालिकाकाका ८० वर्षिय मो. हामिद साफि बुढ्यौली कम्मर समाउँदै भने, ‘रेल चल्ने कुरा बच्चा बुच्चिको खेल जस्तै भयो ।’

रेल्वेका महाप्रबन्धन निरञ्जन झाले भारत सरकारले हालसम्म हस्तान्तरण नगरिसकेकोले समेत चलाउन ढिलाई भएको बताए । सञ्चालनको तयारी हुँदा कर्मचारी अभाव, संरचना हस्तान्तरण, कानून अभाव, झयाल ढोका तथा अन्य संरचनामा निर्माण ढिलाई हुँदा रेल सञ्चालन रोकिएको झा बताउँछन् । ‘अब धेरै समय नलाग्नुपर्ने हो, सक्दो चाडो सञ्चालनको तयारी छ, आवश्यक सबै प्रक्रिया पश्चात केही दिनमै चलाउँछौं’ झा भने ।

नेपाल-भारत सरकारको संयुक्त लगानीमा जयनगर-जनकपुर देखि कुर्था सम्म रेल्वेको ब्रोडगेज लिंक, स्टेशन निर्माण, सकेको दुईवर्ष भन्दा बढी भयो । नेपाल सरकारले आफ्नै लगानीको ८५ करोडमा रेलसेट पनि खरिद गर्‍यो । तर व्यवस्थापकीय कमजोरीका कारण रेल सञ्चालन हुन नसकेको रेल्वेका ईन्जिनियर विनोद ओझा बताउँछन् । ‘रेल चलाउने भनेको छ हो, तर सबै कुरा हाम्रो हातमा छैन, अनि कसरी रेल चल्छ ? अहिलेलाई रेल चलाउने कुरा रेल्वे कम्पनिसंग सोधनुस्’ उनले भने ।

२०७८ आश्विन २, शनिबार १३:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय