जनकपुरधाम : धनुषाकी एक महिला डेढ महिनादेखि बेपत्ता भएकी छन् ।

धनुषाको सबैला नगरपालिका १० सिमराढी बस्ने जीतन शर्माकी २२ वर्षीया श्रीमती संगीता ठाकुर ठेढ महिनादेखि बेपत्ता भएकी हुन् ।
संगीताकी बुबा कुशे ठाकुरका अनुसार गएको साउन २० गते संगीता कानको उपचार गराउन श्रीमानसंगै लहान पुर फर्किने क्रममा धनुषाको विरेन्द्र बजारमै बस स्टेन्डमा साँझको ५ बजे ओर्लेकी थिइन् ।

संगीताले भोलि पुनः उपचार गराउन लहान जानुपर्ने भन्दै विरेन्द्र बजारमै रहेको आफ्नी दिदीको घरमा बस्न श्रीमानसंग जिद्दी गर्दा समान्य विवाद भएको थियो । सोहि क्रममा श्रीमानले संगीतालाई दुई झापड हिर्काएका थिए । विवाद पश्चात श्रीमान् जीतन पिसाव फेर्न गएका थिए । फर्किदा संगीता त्यहाँ थिइनन् ।

उनको मोबाइल सोहि बेलादेखि अफ छ । खोजविन गर्दागर्दै डेढ महिना हुँदा समेत अहिलेसम्म संगीता अझै फेला नपरेको बुबा कुशेको भनाइ छ । संगीताको माइत सिरहाको सिरहा नगरपालिका खयरटोका माडर टोलमा छ ।

प्रहरीमा समेत खोजविनको लागि निवेदन दिएको संगीताको परिवारजनले जानकारी दिए । धनुषा र सिरहाको विभिन्न ठाउँमा खोजविन गरेपनि अहिलेसम्म फेला नपरेको परिवारजनले बताएको छ ।

यधपी केहि दिन अघि धनुषाकै पर्वतामै कसैले संगीतालाई देखेको र सोहि क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।

२०७८ आश्विन ९, शनिबार १९:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय