जनकपुरधाम : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ मा जितेन्द्र सोनललाई संसदीय दलको नेता चयन गरेको छ ।

पार्टीको सोमबार रातिसम्म बसेको संसदीय दलको बैठकले प्रदेश २ को संसदीय दलको नेतामा सोनललाई चयन गरेको हो ।

सहमतिको प्रयास विफल भएपछि निर्वाचनमार्फत लोसपाको संसदीय दलको नेता चयन गरिएको हो ।

सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । १६ सांसदमध्ये सोनलले ९ मत हासिल गरे भने महतोले ६ मत पाए ।

एक मत बदर भएको थियो । सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए ।

उनी प्रदेश सरकारमा पनि सहभागी थिए । उनले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले उनलाई सरकारबाट हटाएका थिए ।

लोसपा संसदीय दलको नेता चयन गर्न बसेको बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिलकुमार झा लगायत पनि सहभागी थिए । बैठकले लोसपाको संसदीय दलको विधान पनि पारित गरेको जनाइएको छ ।

२०७८ आश्विन १२, मंगलवार ०६:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय