जनकपुरधाम : जनकपुरधाम उपमहागरपालिका भित्र एक सामुदायिक विद्यालयले नामांकनको नाममा शुल्क लिने गरेको पाइएको छ ।

शिक्षा ऐन र नियमावली अनुसार सामुदायिकका पठन–पाठन गर्ने विद्यार्थीले शुल्क तिर्नु पर्दैन व्यवस्था रहेता पनि शुल्क लिने गरेको पाइएको हो ।   जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ४ स्थित श्री संकट मोचन देशशरण रामरती उच्च मा.विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेको अभिभावकबाट गुनोसो आएको हो ।

उक्त विद्यालयमा कक्षा ८(आठ)मा अध्ययनरत एक विद्यार्थी संग मासिक शुल्कको नाममा ९ सय रुपैया लिने गरेको पाइएको हो । नामाकंन, खेलकुद लगायत विभिन्न बहानामा विद्यालयले हजारौं विद्यार्थीसंग नामांकनको नाम रकम असुल्दै आएका छन् । विद्यार्थीबाट विभिन्न बहानामा असुल गरेका रकम विद्यालय प्रधानाध्यापक बलराम साह, सुशिल साह लगायतका शिक्षकको पोटेकमा जाने गरेको विद्यालय स्रोतले बताए ।

विद्यार्थी संग रकम असुल गर्न लेखा शाखामा प्रअ साहले आफ्नै शिक्षक राखेको हो । लेखा शाखामा वाणिज्य संकाय गरेकालाई राख्ने प्रावधान रहेता पनि अ्रगे्रजी विषयका शिक्षक सुशिल साहलाई राखेका छन् । विद्यालय प्रअ साहले यति मात्र होइन छात्रछात्रालाई पढाउनका लागी आएको स्मार्ट बोर्ड समेत आफ्नो घर लागेको आरोप स्थानीयको छ ।

स्मार्ट बोर्ड पछि प्रअले विद्यालयलाई बुझाए संगै अबको दिनमा यस्तो कार्य नहुने बोण्ड समेत बनाएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताए ।

यता प्रधानाध्यापक बलराम साहले मासिक शुल्क लिने शिक्षा नियमाबालीमा उल्लेख रहेकोले शुल्क लिएको बताए । उनले विगतमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरे अनुसार नै शुल्क लिने गरेको हो । तर विद्यालयमा व्यवस्थापन समिति हालसम्म गठन भएको छैन । प्रअ साहले विद्यालयलाई बोर्डिङ्ग स्कुलका केही शिक्षक र व्यक्ति बदनाम गर्न खेलमा लागेको आरोप लगाए ।साभारः डेली एक्सप्रेस

२०७८ आश्विन १४, बिहीबार १७:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय