जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जीतेन्द्र सोनलले भ्रष्टाचार छानबिन गर्न अख्तियारले छापा मार्दैमा संघीयता समाप्त नहुने बताएका छन् ।

आजको प्रदेशसभामा बोल्दै सांसद सोनलले मुख्यमन्त्री लालबाबु राउतमाथि प्रश्न गर्दै भने, ‘अख्तियारले सुरु गरेको छानबिन प्रभावित पार्न संघीयता समाप्त पार्ने षड्यन्त्र भयो भनेर अफबाह नफैलाउनुस् । भ्रष्टाचार छानबिन गर्दा कसरी संघीयता धरापमा पर्छ ?’

उनले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तरगत साइकल खरिदमा भ्रष्टाचार भएको छैन भने प्रदेश मामिला समितिलाई कागजात दिन किन आनाकानी गरेको भन्दै थप प्रश्न गरे । समितिले पटक पटक कागजात मागे पनि मुख्यमन्त्री राउतले थाहा नभएको जस्तो गरेकोमा उनले आपत्ति जनाए ।

सांसद सोनलले साइकल खरिदमा भ्रष्टाचार भएको जिकिर गर्दै अख्तियारलाई छानबिनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री राउतसंग अनुरोध गरे । उनले करिब ८० दिनपछि बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले छोरी बिमा कार्यक्रम बन्द भएको भनेर जानकारी गराएकोमा आपत्ति जनाए ।

२०७८ आश्विन २०, बुधबार १५:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय