मंगलसेन : अछाममा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

जन्ती बोकेको बोलेरो आइतबार राति पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा दुर्घटनामा भएको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीयका सर्व बोहरा र पञ्चदेवल विनायक–३ का १७ वर्षीय जीवन जैसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुर्घटनामा घाइते भएका १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ।

गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। पञ्चदेवल विनायक–२ का मदन धामी र उपिन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो।

जन्ती बोकेको से १ च १७६३ नम्बरको बोलेरो सडकबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक पनि घाइते रहेका छन्।

२०७८ आश्विन २५, सोमबार ०७:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय