
लहान : सिरहा जिल्ला सिरहा नगरपालिका-१६ (माडर)का स्वर्गीय जिवछ मण्डल काे अचानक ३२ वर्षकै उमेरमा निधन भएको थियोे,र उहाँको घरमा ५ जनाको परिवार छन ।
उहाँहरूको जीवन यापन धेरै नै कठिनाईमा बितिरहेको छन र आर्थिक अवस्था एकदमै कमजोर,र दयनिय रहेको हुनाले उहाँको श्रीमतीद्वारा धानुक समाज सेवा मलेशिया संस्था सँग आर्थिक सहयोग को लागि अपिल गरिएका थिए।
उहाँ को अपिल स्विकार्दै दोस्रो चरण काे राहत,धानुक समाज सेवा मलेशियाद्वारा शनिबार नगद ४ हजार, एक थान बाख्रा र ९,००० हजार बराबरकाे खाद्यान सामाग्री सहयोग गरिएकाे खबर धानुक समाज सेवा मलेशियाका केन्द्रिय उपाध्यक्ष विजय कुमार मण्डलले जानकारी गराए ।
पिडित परिवारले धानुक समाज सेवा मलेशिया संस्थाका सम्पूर्ण सहयोगी मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरे, र त्यतिमात्रै नभइ त्यहाँका सम्पुर्ण स्थानीय बासीहरुले पनि धन्यवाद व्यक्त समेत गरे ।
सेवा र सहयोग नै मानव धर्म हो मुलमन्त्र मान्दै ,सामाजिक उदेश्यहरु प्रती काम गरिदै आइरहेका र देशमा अशाय निसाय, अशिक्षित परिवाररहरु, वा बिरामी जस्ता समस्या ग्रसित अत्यन्तै पीडित धानुक समुदायहरुलाई साथ सहयोग तथा आर्थिक सहयोग गरिदै आईरहेका छन । समाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो संस्था प्रमुख भुमिका धानुक समाज कल्याणको हितमा कार्य गर्दै आएको छ।
धानुक समाजमा सद्भाव,मानवता को परिचय का साथ देशमा समस्या परेको बेला साथ सहयोग सम्पूर्ण धानुक देशवाशी मा समर्पित छन ।
बशंत कुमार मण्डल र श्री राम रेश मण्डलले पिडितको घरमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।