रूपन्देही : दुर्गा मूर्ति विसर्जनको क्रममा डुबेर रुपन्देहीको मर्चवारमा एक युवाको मृत्यु भएको छ ।

कोटहीमाई गाउँपालिका-४ कदमहवाका २० वर्षीय अनिल चौधरीको दुईमाेहन नदीमा डुबेर मृत्यु भएको हो । कोटहीमाई ५ दुईमोहन नदीमा मूर्ति विसर्जन गरेपछि पौडी खेल्ने क्रममा चौधरी नदीमा डुबेका थिए ।

शनिबार दिउसो २ बजे नदीमा बेपत्ता भएका उनको शव फेला परेको हो । स्थानीय, सुरक्षाकर्मी र भारतबाट गोताखोर ल्याई खोजतलास गर्दा डुबेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरिक्षक सुरज खत्रीसहितको टोली र अन्यको संयुक्त प्रयासबाट खोजतलाश गर्दा चौधरीको शव भेटिएको हो ।

शव पोष्टमार्टममा लागि भैरहवास्थित भीम अस्पताल पठाइएको सहायक प्रवक्ता प्रहरी निरीक्षक चन्दले बताए । सोही स्थानमा गत वर्ष पनि मुर्तिविसर्जनको क्रममा एक युवाको डुबेर मृत्यु भएको थियो ।

गत वर्ष सम्मरीमाई-६ का मुकेश चौधरीको शव हराएको २० घण्टापछि फेला परेको थियो।

२०७८ आश्विन ३१, आईतवार १०:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय