जनकपुरधाम : धनुषामा एक जना मनिट्रान्सफरको सञ्चालकमाथि कुटपीट भएको छ ।

आइतबार साँझ कमला नगरपालिका ६ सखुवा मरानास्थित सुमित एण्ड आदित्य मनिट्रान्सफरको सञ्चालक गणेश महतोमाथि कुटपीट भएको हो ।

सञ्चालक महतोका अनुसार ५÷७ जनाको समुहमा आएका एक समुहले कुटपीट गर्दै लुटपाट गरेको छ । मनिट्रान्सफरमा रहेको दश लाख रुपैया त्यो समुहले लुटेको उनको अरोप छ । सञ्चालक महतोले घाटीमा लगाएको आँधा तोला सुनको हनुमानजीसमेत लुटेको छ । कुटपीटबाट घाईते भएका महतो प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका छन् ।

kutpit_dhanusha (1

उनले जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपीट भएको निवेदनसमेत दर्ता गराएका छन् । उनले दर्ता गराएको निवेदनमा कमला नगरपालिका ६ कै दयाराम पासमान, गंगाराम पासमान, काशेश्वर पासमान, तपेश्वर पासमान, भोला मुखिया र मुकेश पासमानले कुटपीट गरी रुपैयाँ लुटेको आरोप लगाएको छ ।

२०७८ कार्तिक १, सोमबार १५:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय